Listen LIVE

कोहलपुरबाट ब्राउन सुगरसहित एक महिला पक्राउ

नेपालगञ्ज : कोहलपुर क्षेत्रमा लागुऔषध नियन्त्रण अभियानलाई सुदृढ बनाउँदै आएको प्रहरीले कोहलपुर नगरपालिका–११ गोलपार्क क्षेत्रबाट ब्राउनसुगरसहित एक महिलालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट नियमित गस्ती तथा निगरानीका लागि खटिएको टोलीले दैलेख दुल्लु नगरपालिका–४ घर भई हाल सोही नगरपालिका–११ मा डेरा गरी बस्ने २६ वर्षीया राधा कार्कीलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार कार्कीको साथबाट ८ सय ७० मिलिग्राम ब्राउनसुगर  बरामद गरिएको छ। प्रहरी टोलीले शंकास्पद रूपमा देखिएपछि जाँच गर्दा उक्त पदार्थ फेला परेको बताइएको छ। उनलाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

हालसालै बाँके जिल्लामा लागुऔषध सम्बन्धी अपराध बढ्न थालेपछि प्रहरी प्रशासनले निगरानी, गस्ती र गोप्य सूचनाका आधारमा संचालन हुने कारबाहीलाई अझ सशक्त बनाउँदै आएको छ। यस्तै निरन्तरता स्वरूप भएका सक्रिय कार्यवाहीका कारण विभिन्न ठाउँमा लागुऔषधसहित अभियुक्तहरू पक्राउ पर्ने क्रम पछिल्लो समय बढ्दो छ।

प्रतिक्रिया