नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका वडा नं. ४ स्थित नहर चोकमा आज बिहान भएको सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । नेपालगञ्जबाट खजुरा तर्फ जाँदै गरेको भे १ ज ३३९ नम्बरको मोबाइल भ्यानले सोही दिशामा रहेको भे १३ प ९४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
बिहान करिब ९ः०० बजे भएको उक्त दुर्घटनामा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकादो बस्ने २० वर्षीया मन्जु धोबी गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकलमा सवार ५५ वर्षीया सुर्ती धोबी र चालक २४ वर्षीय गिरबल धोबी पनि घाइते भएका छन् । सुर्ती धोबीको दाहिने घुँडा, दुवै कुहिनो र कम्मरमा चोट लागेको छ भने गिरबलको कम्मर र दाहिने हातमा चोट छ । दुवैको अवस्था भने सामान्य रहेको छ । घाइते सबैको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रा.लि. मा उपचार भइरहेको छ ।
2025-12-17
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार