बर्दिया : बबई नदीले वर्षेनी निम्ताउने बाढि सम्वाभित जोखिम हुने सक्ने स्थलको अवलोकन गरिएको छ ।
बर्दियाका सम्बन्धित निकाय सँग बर्दिया प्रतिनिधी सभा क्षेत्र नं. १ का माननिय सांसद संजय कुमार गौतम, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सशस्त्र प्रहरी उपरीक्षक मान बहादुर शाही, प्रहरी नायव उपरिक्षक चक्र बहादुर डमरपाल र बबई नदी नियन्त्रण व्यवस्थापन आयोजना प्रकाश भट्टराईसहितको टोलीले अवलोकन गरेका हुन् ।
अवलोकनमा गुलरिया नगरपालिका वडा नं. ४ स्थित रामपुर टप्परमा निर्माणधीन आँठ सय मिटर लामो तटबन्ध अपूरो अवस्थामा अलपत्र परेको निष्कर्ष निकालेको छ ।
तटबन्धले पूर्णता नपाए पछि पानिको बाहव धेरै भएको अवस्थामा बाढिको भयाभय अवस्था निम्तीने सक्ने अवलोकनमा देखिएको छ ।
2025-06-24
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार