बर्दिया : प्रहरीले एकै दिनमा ५ फरार प्रतिवादी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय,मैना पोखरबाट खटिएका उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बर्दियाले जनाएको छ ।
पक्राउ पर्नेमा जिल्ला अदालत बर्दियाको विभिन्न मितिमा कैद तथा जरिवाना सजाय भई फरार रहेका जुवा, लुटपाट, चोरी र लागूऔषध मुद्दाका प्रतिवादी रहेका छन् ।
लागूऔषध मुद्दामा अदालतबाट ०७९ साल भदौ २७ गतेको फैसलाले सजाय पाएका बढैयाताल गाउँपालिका–१ का सुशील परियार पक्राउ परेका हुन् । यसैगरी जुवा मुद्दामा जिल्ला अदालत बर्दियाबाट ०७६ चैत ५ गते सजाय पाएका सोही पालिका–२ का दिवस राई र गोपाल सुनार पक्राउ परेका छन् ।
सोही पालिका–५ का सञ्जय कुमार थारुसहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषिराम घर्ती मगरले जनाए । पक्राउ गरिएका ५ जनालाई जिल्ला अदालतमा दाखिला गरिएको डीएसपी घर्ती मगरले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार