नेपालगञ्ज : नेपाल विद्युत् प्राधिकारले नेपालगञ्ज–नानपारा १३२ केभी अन्तरदेशीय प्रसारण लाईन निर्माण गर्ने भएको छ । बाँकेको जानकी गाउँपालिका–५ मा निर्माणाधीन न्यु–नेपालगंज १३२–३३ केभी सबस्टेशनदेखि नेपाल–भारत सीमा (दशगजा क्षेत्र) सम्म १६.३८ किलोमिटर डबल सर्किट प्रसारण लाईन तथा पुरानो नेपालगंज ९ मा रहरेको ३३–११ केभी सबस्टेशन सम्म ६.१५ किलोमिटर मल्टी सर्किट गरी कुल २२.५३ किलोमिटर लामो प्रसारण लाईन निमार्ण गरिने भएको नेपाल बिद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले जानकारी दिए ।
अन्तरदेशीय प्रसारण लाईन निर्माण गर्नका लागि अनुमति माग्दै प्राधिकरणले विद्युत् विकास विभागमा आवेदन दिएको लामिछानेले बताए । कुल ८३ वटा टावरहरू निर्माण गरिने प्रसारण लाईन अन्तर्गत एसिएसआर ‘बिइएआर कन्डक्टर’ जडान गरिने छ । प्रसारण लाइन अन्तरगतका टावरहरूको उचाई ३० देखि ४९.५ मिटर सम्म रहने छन् भने दुई टावरबीचको दुरी ११८.७४ देखि ४३१.५७ मिटरसम्म रहने छन् ।
प्रसारण लाइन आयोजना निर्माण गर्दा उल्लेखनीय असर पर्ने भए ३५ दिन भित्र आफ्नो लिखित राय तथा प्रतिक्रिया दिन सरोकारवाला सबैमा आव्हान गर्दै विद्युत् विकास विभागले सूचना जारी गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार