Listen LIVE

ब्राउन सुगरसहित बर्दियामा दुई जना पक्राउ

बर्दिया : प्रहरीले रुकुम पश्चिम मुसिकोट नगरपालिका–५ का दुई युवा लागुऔषध ब्राउन सुगर सहित बर्दियामा पक्राउ गरेको छ । 

भारतको सीमावर्ती लौकाही हुँदै आएका दुई युवालाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

गुलरिया नपा–११ गणेशपुर नाका हुँदै भे८ प १८७२ नम्बरको मोटरसाइकलमा सवार रुकुमपश्चिम मुसिकोट–५ का २३ वर्षीय विकास परियार र सोही ठाउँका २३ वर्षीय विनोद कठायतलाई चेकजाँच गर्दा ४ ग्राम ६ सय मिलीग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी डिएसपी देवेन्द्र कुमार मल्लले बताए ।

प्रहरीले उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरि रहेको डिएसपी मल्लले जनाए ।

प्रतिक्रिया