Listen LIVE

बाँके प्रहरीले फेला पारेको चोरीको मोटरसाइकल धनीलाई बुझायो

नेपालगञ्ज : नेपालगञ्जबाट चोरी भएको साइन कम्पनीको मोटरसाइकल फेला पारी प्रहरीले सवारी धनीलाई बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले फागुन १४ गते साँझ नेपालगञ्ज–१ धम्बोझी चोकबाट चोरी भएको  भे. ५ प ७८३५ नम्बरको होण्डा साइन मोटरसाइकल फेला पारेर सम्बन्धित सवारी धनीलाई बुझाएको जनाएको छ ।

जिल्ला प्रहरी बाँकेले आज मोटरसाइकलको कागजात जाँच गर्दै आबश्यक प्रक्रिया पूरा गरेर मोटरसाइकल बुझाएको हो ।

प्रतिक्रिया