नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले अवैधरुपमा सञ्चालन भएका अटोलाई नियमन गर्दै नियन्त्रणमा लिन शुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेको संयुक्त आयोजनमा नेपालगञ्जको गणेशमान चोकदेखि अटो रिक्सा नियन्त्रणमा लिन शुरु गरेको हो ।
यातायत व्यवस्था कार्यालयमा दर्ता नभएका र नेपालगञ्ज उपमहानगरपालिकामा सुचिकृत नभएका अटोहरुलाई नियन्त्रणमा लिन शुरु गरिएको नेपालगञ्जका मेयर प्रशान्ट विष्टले बताए । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अवश्यकताभन्दा धेरै अटो भएको र जथाभवी सञ्चालन हुँदै आएकोले नियन्त्रणमा लिन शुरु गरिएको मेयर विष्टले बताए । बजारभरी अवैधरुपमा सञ्चालन भएको र बजार क्षेत्रमा दुर्घट्ना बढ्दै गएकोले अटोलाई नियन्त्रित गर्ने प्रयास गरेको उनको भनाई छ ।
‘हामीले कारवाही गरेका होइनौं, नियमन गर्ने प्रयास गरेको हौं, व्यवस्थापन गर्ने हो कारवाही होइन, रिक्सालाई मापदण्डमा चलाउने हो, प्रशासनको दृष्टिकोणले समस्या रहेकै हो, दैनिक दुर्घटनाहरु भएका छन्, रिक्सा व्यवसायी आफै प्रताडित भएका छन्, बिमा छैन, मुद्दा लाग्दा पुर्पक्षमा गएका छन्, यि सबै कारण देखेर एउटा मापदण्डमा रिक्सा चलाउन नियमन गरिएको’ प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भने ।
अन्य पालिका भित्र अटो चलाउने तर अन्य ठाउँहरुमा दर्ता भएका र कागजात साथमा नलिएको अटोलाई नियन्त्रणमा लिइएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि शर्माले बताए । उनले भने, अटो चालकहरुलाई १५ दिन पहिला सुचना दिएपनि कागजात नबोकी मनोमानी तरिकामा सञ्चालन गरेको सबै अटोलाई नियन्त्रणमा लिएको बताए ।
कारवाही नभएर यो अटो चालकलाई सुचना जस्तै हो जसले कागजात बोकेका छैनन् उसले आफ्नो कागजात ल्याए अटो लैजान सक्ने उपमहानगरले जनाएको छ । नगरमा मात्र हजारभन्दा बढी अटो सञ्चालनमा छन् ।
नेपालगञ्ज बजारलाई हेर्ने हो भने साँच्चिकै अटो कै आतंक छ, तर नेपालगञ्ज उपमहानगरपालिकाले पटक–पटक नियन्त्रण गर्न खोज्दासमेत नियन्त्रण हुन नसकेको अवस्था छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार