नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ राप्ति रोड उत्तर तर्फ क्रिस्टल स्कुल पछाडी वर्षाको पानी निकास नहुँदा स्थानीवासीले सास्ती व्यहोर्नु परेको छ ।
स्थानीयवासीहरुले उपमहानगरपालिकाका मेयर, वडा अध्यक्ष,सदस्यहरु सहितलाई पटक पटक जानकारी गराउँदा पनि समस्या समाधानका लागि कसैले चासो दिएका छैनन् । स्थानीयवासीहरुले जन प्रितिनिधिहरु र स्थानीय प्रशासनलाई बर्षाको पानीको निकास र नाला व्यवस्थापनका लागि अनुरोध गरेको भएपनि कहीं कतैबाट सुनुवाई नभएको गुनासो गरेका छन् ।
बर्षाको पानी जम्मा भएर घर–घरजाने बाटो डुब्न थाले पछी त्यस टोलका बासि चिन्तित् बनेका छन् । उपमहानगरपालिका वडा नं. ६ राप्ति रोड उत्तर तर्फको पानी मुल नालाको निकास नपाउँदा डुबानको समस्या आएको छ ।
2025-08-12
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार