Listen LIVE

तुलसीपुरमा तीन दिने नेवाः खाना महोत्सव शुरु

दाङ : नेवाःराष्ट्रिय मञ्च तुलसीपुरको आयोजनामा आइतबारदेखि तीन दिने नेवाः खाना महोत्सव सुरु भएको छ । नेवाः खाना महोत्सवमा विभिन्न प्रकारका नेवारी खाना राखिएको छ । 

नेवाः राष्ट्रिय मञ्च तुलसीपुरका अध्यक्ष शिवप्रसाद श्रेष्ठले यःमरी पुन्हीको अवसरमा नेवारी समुदायको खाना प्रचार–प्रसारका लागि महोत्सव आयोजना गरिएको बताए । उनले नेवाः खानाले स्वास्थ्यलाई फाइदा पुग्ने भएकाले खाना महोत्सव आयोजना गरिएको बताए । 

मञ्चका सचिव तुफानबाबु श्रेष्ठले महोत्सवमा यःमरी चाकु, यःमरी खुवा, बारा, चुकौनी, चना, बोडी, चटामरी, सेल, माछा स्टलमा राखिएको बताए । तीन दिनसम्म सञ्चालन हुने महोत्सव दिउँसो ३ बजेदेखि बेलुकी ७ बजेसम्म आयोजना हुनेछ । 

महोत्सवको उदघाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले समाजमा बढ्दो पत्रुखाना निषेधका लागि महोत्सव फलदायी हुने बताए ।  उनले सांस्कृतिकरुपमा नेपाली चाडपर्वको महत्व उत्तिकै भएको र ती पर्वमा खाइने परिकारले मानव स्वास्थ्यका लागि पनि निकै महत्वपूर्ण रहेको बताए । 

नगरप्रमुख खड्काले पालिकाको तर्फबाट पालिका भित्रका विभिन्न समुदायमा पकाइने परिकारहरुको प्रचार प्रसार र प्रवर्धनको काम गर्दैआएको बताए ।

प्रतिक्रिया