गुल्मी : इस्मा गाउँपालिकामा तीन दिनदेखि अवरुद्ध रहेको विद्युत सेवा आजबाट सुचारु भएको छ । भदौ १० गते आएको हावाहुरीसँगै चट्याङ र पानीले धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको थियो ।
बस्तुमा रहेको ३३ केभीको सव स्टेसनसम्म जाने लाइनमा क्षती पुगेपछि लाइन अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले जनाएको हो । कार्यालयमा भएको जनशक्ति सबै खटेर अवरुद्ध विद्युत सेवा गए रातीबाट सुचारु गरिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीका प्रमुख अर्जुन पोखरेलले जानकारी दिए ।
गुल्मीको पश्चिमी भेगमा विरवासबाट उनायचौर हुँदै बस्तु सव स्टेशनसम्म विद्युत पु¥याइएको छ । वस्तु सव–स्टेशनबाट धुर्कोट, मालिका, मदाने, इस्मा गाउँपालिका तथा मुसिकोट नगरपालिकाको वडा नम्बर १ र २ मा विद्युत आपूर्ति भइरहेको कार्यालयले जनाएको छ ।
विगत तीन दिनदेखि विद्युत नहुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य हुनुका साथै मोवाइल चार्ज र इन्टरनेट सेवाबाट समेत वञ्चित हुनुपरेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार