Listen LIVE

ट्राफिक प्रहरीका बरिष्ठ सई आचार्य सम्मानित

नेपालगञ्ज : ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्दै आएका ट्राफिक पोष्ट नेपालगञ्जका प्रमुख प्रहरी बरिष्ठ नायब निरीक्षक प्रबिण आचार्य सम्मानित भएका छन् । सुरक्षित यात्रा नेपालले नेपालगञ्जमा आयोजित एक कार्यक्रममा उनलाई सम्मान गरेको हो ।

दुर्घटना न्युनीकारण, सुरक्षित तथा मर्यादित यात्राका लागि आचार्यले महत्वपूर्ण भूमिका खेलेकोले सम्मान गरिएको सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेलवासेले बताए । ’सुरक्षित र मर्यादित यात्राका लागि ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहन्छ । त्यसैमा प्रहरी बरिष्ठ नायब निरीक्षक आचार्यको भूमिका अति राम्रो देखिएको छ,’ उनले भने, ’बाँकेमा रहेर उहनले एकदमै राम्रो भूमिका निर्वाह गरेको हामीले पायौ ।’

आचार्यलाई लुम्विनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दान बहादुर कार्कीले सम्मान पत्र प्रदान गरेका हुन् । सम्मान पत्र वितरण कार्यक्रममा डिआइजी कार्कीले राम्रो र उत्कृष्ट कार्य गर्ने प्रहरीलाई सम्मान गर्ने प्रहरी प्रधान कार्यालयको नीति रहेको बताए । उनले सम्मानले थप राम्रो काम गर्ने हौसला मिल्ने बताए । ’यो सम्मानले थप हौसला मिल्ने छ,’ उनले भने ।

सम्मान पत्र ग्रहण पछि आचार्यले सम्मानले अझ धेरै जिम्मेवारी थपेको धारणा राखे । उनले बाँकेको ट्राफिक व्यवस्थापनमा दिलो ज्यान लगाउने जिकिर गरे । ’सम्मानले हौसला संगै थप जिम्मेवारी थपेको छ । बाँकेको ट्राफिक व्यवस्थापनमा कुनै कसर बाँकी राख्ने छैन,’ उनले भने । ट्राफिक पोष्ट नेपालगञ्जको प्रमुख भएर आएपछि उनले नेपालगञ्जको ट्राफिक व्यवस्थापनमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएका छन् ।

प्रतिक्रिया