Listen LIVE

माटोको ढिस्कोले पुरिँदा बाँकेमा एक जनाको मृत्यु

नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिका–२ हरियाली चोक नजिक आज माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर ४८ वर्षीय बुद्धि राज चौधरीको मृत्यु भएको छ । चौधरी माटो खन्दै गर्दा अचानक माटोको ठूलो ढिस्को खस्दा उनी त्यसमा पुरिएका थिए ।

घटनाको खबर पाएपछि प्रहरी निरीक्षक रविन्द्र अधिकारीको नेतृत्वमा ५ जनाको प्रहरी टोली र सशस्त्र प्रहरी बल तालिम केन्द्र नौवास्ता बाँकेको टोली तुरुन्तै घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया