नेपालगञ्ज : नेपालगञ्जस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयमा दुई महिनाको अवधिमै १२२ वटा भ्रष्टाचारसम्बन्धी उजुरी परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जमा चालू आर्थिक वर्ष २०८१÷८२ को हालसम्म १२२ वटा उजुरी दर्ता भएको सो कार्यालयका सूचना अधिकारी झलक केसीले जानकारी दिए।
उनले सो कार्यालयमा चालु आर्थिक वर्षको साउनमा ७१ वटा र भदौ महिनामा ४१ वटा उजुरी दर्ता भएको बताए।
अख्तियार अनुसनधान आयोगले भ्रष्टाचारसम्बन्धी उजुरी प्रत्यक्ष र अप्रत्यक्ष माध्यमबाट लिँदै आएको जनाउँदै सूचना अधिकारी केसीले हुलाक, इमेल, लिखित निवेदन, टेलिफोन लगायतका माध्यमबाट कार्यालयमा उजुरी पर्ने गरेको बताए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले बाँके, दाङ, बर्दिया र रोल्पा गरेर चार वटा जिल्ला हेर्दै आएको छ।
ती जिल्लामा हुने भ्रष्टाचार र विभिन्न अनियमितताका उजुरीमाथि आयोगको सो कार्यालयले अनुसन्धान तथा छानबिन गर्दै आएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार