Listen LIVE

राप्तिसोनारीबाट बीस जुवाडे पक्राउ

नेपालगञ्ज : जुवातास खेलिरहेको अवस्थामा बाँकेमा २० जुवाडे पक्राउ परेका छन् । राप्तिसोनारी गाउँपालिका–६ लक्ष्मिराजपुरबाट जुवातास खेलिरहेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका–६ बस्ने ४१ वर्षीय मेघनाथ कुचबन्दिया समेत २० जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९१ हजार रूपैयाँ र १४ गड्डी ताससहित पक्राउ गरेको हो । उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया