नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ को शिवशक्ति टोलमा सडकको शिलान्यास गरिएको छ । आइतवार एक कार्यक्रमका विच शिवशक्ति टोलमा रहेको सडकको शिलान्यास गरिएको हो । नेपालगञ्ज १८ मा धमाधम सडक स्तरोन्नती भईरहेको स्थानियवासी बताउँछन् ।
वडाध्यक्ष दिपक कुमार बर्माको सक्रियताले वडाका टोल टोलमा सडक स्तरोन्नती भईरहेको स्थानियवासीले बताए । बर्माले वडाको टोल टोलका सडक स्तरोन्नतीका लागि आरसिसी नालासहितको सडक शिलान्यास गरि धमाधम निर्माण कार्य अगाडी बढाएको बताए ।
करिव ३० लाखको लागतमा आइतवार शिवशक्ति टोलमा रहेको २ सय १४ मिटर आरसीसी नालासहितको सडक स्तरोन्नतीका लागि स्थानियवासीको सहभागितामा शिलान्यास गरि निर्माण कार्य अगाडी बढाएको वडाध्यक्ष बर्माले बताए ।
2025-03-30
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार