नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालन हुने दुबै महोत्सवलाई सफल पार्न एक आपसमा सहमति भएको छ । यही कात्तिक २९ गतेदेखि मंसिर १८ गतेसम्म सञ्चालन हुने महोत्सव र नेपालगञ्ज उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको पौष ४ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने महोत्सवलाई सफल पार्न एक आपसमा सहमति भएको हो ।
शनिवार नेपालगञ्ज उद्योग वाणिज्य संघको हलमा बसेको दुवै पक्ष विच एक आपसमा सहमति भई सहकार्य गरेर जाने सहमति भएको नेपाल आदिवासी जनजाति महासंघ बाँकेका सचिव राजन रानामगरले बताए ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेले आयोजना गर्न लागेको नेपालगञ्जमा ‘प्रथम कृषि, पर्यटन प्रवर्धन, व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’ को नारालाई परिमार्जन गरि नेपालगञ्ज प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१ राखिने सहमति भएको हो ।
यस्तै नेपालगञ्ज उद्योग वाणिज्य संघ र नेपाल आदिवासी जनजाति महासंघ कोहलपुर नगर समन्वयले आयोजना गर्न लागेको महोत्सवको मिति जुझ्न गएको खवरले यस बारे दुवै पक्ष विच समय नजुझ्न पहल गरिने सहमति भएको छ । यस्तै जनजातिले आयोजना गर्न लागेको महोत्सवको मिति २० दिन लामो भएको हुनाले यसलाई अति समय कम गराउन सम्बन्धित सरोकारवालाले गरेको निर्णय मान्य हुने आदिवासी जनजाति महासंघ बाँकेका सचिव रानामगरले बताए ।
यसपटकको मेला जनजातिका परिकार, भेषभुषा परम्परागत संस्कृतिको प्रदर्शन हुने भएको हुनाले अन्य मेला भन्दा फरक देखिने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेका अध्यक्ष डम्बरबहादुर थापामगरले बताए । सबै समुदायको कला, संस्कृति, भेषभुषा र परिकारहरुको स्वाद लिन सकिने भएको हुनाले अहिलेसम्म कै फरक खालको महोत्सव संचालन गर्ने सोच भएको महोत्सव मुल समितिका संयोजक थापामगरले बताए ।
आदिवासी जनजातिका परम्परागत रीतिरिवाज, चालचलन, कला, संस्कृति, भेषभूषा लगायतका सम्बन्धित सबै कुरा पछिल्लो समयमा हराउँदै जान थालेपछि यसलाई संरक्षण, जगेर्ना र प्रवर्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यका साथ नेपालगञ्जमा महोत्सव आयोजना गर्न लागिएको सचिव रानामगरले बताए ।
‘विश्वभरी फैलिएका हामी जनजाति हामी आदिवासी, जोगाइ राखौं भेषभूषा, भाषा, संस्कृति’ भन्ने मूल नाराका साथ यही कार्तिक २९ गतेदेखि मङ्सिर १८ गतेसम्म नेपालगन्जमा ‘प्रथम कृषि, पर्यटन प्रवर्धन, तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’ सञ्चालन गर्न लागिएको सचिव रानामगरले बताए । कला तथा संस्कृति संरक्षणसहित संस्थाको भवन निर्माण सहयोगार्थ सञ्चालन गर्न लागिएको महोत्सवमा जाति, जनजाति, कला, संस्कृति संरक्षणका साथै राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुले मनोरञ्जन प्रदान गरिने उनले बताए ।
महोत्सवमा २५० स्टल रहनेछन् । महोत्सवभर आदिवासी जनजातिका कला, संस्कृतिसम्बन्धी पौराणिक कला जातीय भेषभूषाको प्रदर्शन गरिने, कृषि पर्यटन हस्तकलासहितका स्टलहरु राखिने, लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्टलहरु प्रदर्शनी गरिने तथा जातिय खाना प्रदर्शनी गरिने पनि सचिव रानामगरले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार