दाङ : तुल्सीपुर उपमहानगरपालिका–९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तुल्सीपुर उपमहानगरपालिका–१० राइसल्यान बस्ने ३० वर्षीय राममनि चौधरी, सोही उपमहानगरपालिका–८ बस्ने १७ वर्षीय किशोर, सोही उपमहानगरपालिका–९ दोघरे बस्ने १९ वर्षीय धन बहादुर खत्री र शान्तिनगर गाउँपालिका–४ घर भई तुल्सीपुर उपमहानगरपालिका–९ बेलुवा बस्ने १७ वर्षीय किशोर रहेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
2024-11-15
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार