बर्दिया : बर्दियाको गुलरिया नगरपालिका–८ मा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल सहितको संयुक्त टोलीले सीमा क्षेत्रमा संयुक्त गस्ती गरिएको छ ।
प्रहरी चौकी सुरजपुरको संयोजनमा गरिएको गस्ती गुलरिया नगरपालिका वडा नं. ८ स्थित ६१ नं. सीमास्तम्भ (पिल्लर) देखि ६२ नं. सीमास्तम्भ क्षेत्रसम्म गरिएको हो ।
सीमा सुरक्षालाई सुदृढ बनाउने, अवैध गतिविधि नियन्त्रण गर्ने तथा सीमा क्षेत्रको निगरानी मजबुत पार्ने उद्देश्यले नियमितरूपमा यस्ता संयुक्त गस्तीहरू सञ्चालन गरिँदै आएको सुरक्षा निकायहरूले जनाएका छन् ।
सुरक्षा निकायका अनुसार यस्ता संयुक्त गस्तीहरूले सीमा क्षेत्रको सुरक्षा व्यवस्थामा सकारात्मक प्रभाव पारेको छ ।
2025-07-24
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार