Listen LIVE

बलात्कारको आरोपमा नरैनापुरमा एक जना पक्राउ

नेपालगञ्ज : बाँकेको नरैनापुरमा एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भगवानपुरले नरैनापुर गाउँपालिका–५ सर्वराजपुर्वाकी एक युवतीलाई बलात्कार गरेको आरोपमा ३६ वर्षीय युवक जगबहादुर तेलीलाई पक्राउ गरेको हो ।

शनिबार साँझ साढे ६ बजेको समयमा ती युवतीमाथि बलात्कार भएको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय भगवानपुरको टोलीले तेलीलाई तत्कालै नियन्त्रणमा लिएको बाँके प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक आकाश भुषालले जानकारी दिएका छन् ।

प्रहरी निरीक्षक भुषालका अनुसार भगवानपुर प्रहरीले तेलीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ भने पीडित युवतीलाई गएराति नै स्वास्थ्य जाँचका लागि भेरी अस्पतालमा ल्याइएको हो ।

युवतीको स्वास्थ्य परीक्षणको विस्तृत रिपोर्ट आएपछि सबै कुरा खुल्ने बताउँदै प्रहरी निरीक्षक भुषालले अहिले भगवानपुरले थप अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया