Listen LIVE

बाँकेको एक होटलमा पुरुषको बेवारिसे शव भेटियो

नेपालगञ्ज : बाँकेमा एक पुरुषको शव फेला परेको छ । जानकी गाउँपालिका वडा नं. ६ पिप्रहवास्थित एक होटलको कोठामा पुरुषको शव फेला परेको हो ।

जानकी ६ स्थित दुलारे गडरियाको घरमा निर्मला चन्द ठकुरीले सञ्चालन गरेको हाईबे होटलको कोठा भित्र पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

उक्त होटलको कोठा भित्र अन्दाजी उमेर ३०–३५ वर्षका जस्तो देखिने, हल्का छोटो दार्ही जुँगा भएको, उचाई अन्दाजी ५ फिट १ ईन्च भएको, कालो छोटो कपाल भएको, माथिल्लो शरीरमा सेतो रंगको टि–सर्ट र तल्लो शरीरमा कालो रङको जिन्सको पाईन्ट लगाएको पुरुषको शव फेला परेको बाँके प्रहरीले जनाएको छ । अस्तिनै भेटिएको शवको पहिचान अझैसम्म खुल्न सकेको छैन ।

अनुसन्धानका क्रममा २ जनालाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया