नेपालगञ्ज : बाँकेको भारतीय छिमेकी जिल्ला बहराइचको रुपईडिहामा अन्तरदेशीय इण्डो–नेपाल बोर्डर कोर्डिनेसन बैठक सम्पन्न भएको छ ।
भारतमा लाग्ने कुम्भ मेला, गणतन्त्र दिवसको सुरक्षा व्यवस्था तथा समन्वय, लागूऔषध ओसारपसार नियन्त्रण, मानव बेचबिखन र बन्यजन्तु–बन पैदावर तस्करी नियन्त्रण तथा रोकथामका लागि नेपालका बाँके, बर्दिया र भारतीय जिल्ला बहराइचका जिल्ला सुरक्षा प्रमुखबीच संयुक्त सुरक्षा बैठक आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
भारतको रुपईडिहा संयुक्त जाँच चौकीस्थित जिल्ला मेजिस्ट्रेट कार्यालयमा आयोजित सुरक्षा बैठकमा बाँके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र भारतको तर्फबाट बहराइच जिल्लाको प्रमुख जिल्ला अधिकारी, बहराइचका एसपी, भन्सार कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख, सडक कार्यालय, यातायात कार्यालय, वन कार्यालयका प्रमुख लगायत अन्य सरकारी कार्यालयका प्रमुख एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो । वैठकमा विशेषगरी चोरी पैठारी भइरहेको बारेमा अन्तरक्रिया गरिएको थियो ।
त्यसक्रममा दुबै देशका छिमेकी जिल्लाहरुले एक आपसमा सहकार्य गरेर जाने र अहिले भइरहेका गलत कार्य रोक्ने विषयमा छलफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार