बर्दिया : मोटरसाइकल दुर्घटनामा परि घाइते भएका सहायक प्रहरी निरीक्षक टोप बहादुर बस्नेतको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत रहेका बस्नेत बुधवार नेपालगञ्जबाट गुलरिया आउँदै गर्दा गुलरिया नेपालगञ्ज सडकअन्तर्गत हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका थिए ।
बस्नेतले चलाएको मोटरसाइकल ट्याक्टरको ट्रलीमा ठोकिएर घाइते भएको र उनलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले बताए ।
बस्नेत फरार अभियुक्त खोज्ने क्रममा बाँके पुगेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
2025-04-10
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार