Listen LIVE

चरेशसहित एक नेपाली महिला रुपईडिहामा पक्राउ

नेपालगञ्ज : लागुपदार्थ चरेशसहित एक नेपाली महिला सीमावर्ती भारतीय बजार रुपईडिहामा पक्राउ परेकी छन् । बागलुङ निसी वडा नं. ७ बस्ने ३२ वर्षीया जीवन कुमारी घर्ती एक किलो चरेशसहित पक्राउ परेकी हुन् । 

रुपईडिहाका थाना ईञ्चार्ज शमशेर बहादुर सिँह र रुपईडिहास्थित एसएसबीको ४२औं वाहिनीका जवानले संयुक्त जाँच गर्दा घर्ती उक्त चरेशसहित पक्राउ परेकी हुन् । 

पक्राउ परेकी घर्तीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बहराइच चलान गरिएको भारतीय प्रहरीलाई उद्धृत गर्दै रुपईडिहाबाट सहकर्मी सन्तोष शुक्लाले जनाएका छन् । उक्त चरेशको अन्तर्राष्ट्रिय मूल्य भारु ३० लाख रहेको बताइएको छ ।

प्रतिक्रिया