Listen LIVE

एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ

डडेल्धुरा : एकनाले भरूवा बन्दुकसहित डडेल्धुरामा दुई जना पक्राउ परेका छन् । आलिताल गाउँपालिका–६ धिमडास्थित सडकबाट एकनाले भरूवा बन्दुक र सोही बन्दुकमा लाग्ने २ थान सिसाको गोलीसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–६ फल्ले खर्क बस्ने ५१ वर्षीय बिर बहादुर कुँवर र ४३ वर्षीय कर्ण बहादुर कुँवर रहेका छन् । अस्थायी प्रहरी पोष्ट धिमडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया