प्युठान : मल्लरानी गाउँपालिका वडा नम्बर ३ धरमपानीमा सुतली बम विस्फोट हुँदा एक जना बालक घाइते भएका छन् । बारीमा भेटिएको बम खेलाउने क्रममा विस्फोट हुँदा ११ वर्षीय सौरभ अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
बम विस्फोट हुँदा बालकको दाहिने खुट्टाको पैतला क्षति भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।
घाइते बालकलाई जिल्ला अस्पताल विजुवारमा उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ । बँदेल मार्नका लागि प्रयोग गरिएको सुतली बम जस्तो देखिने आलु आकारको थप दुई वटा बमलाई बर्द बहादुर गणको टोलीले डिस्पोज गरेको छ ।
प्रहरीले अनुसन्धानका लागि मल्लरानी गाउँपालिका–३ धरमपानी बस्ने ५८ वर्षीय मोहन बहादुर केसीलाई पक्राउ गरेको जनाएको छ ।
2025-02-09
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार