Listen LIVE

राप्तीसोनारीको गोरधुईमा एक परिवार अझै अनागरिक

राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ५ गोरधुईमा एक परिवारले अझै पनि नेपाली नागरिकतबाट वञ्चित छन् । नगरिकताविहीन उनीहरु आफ्नै देशमा अनागरिक भएर बस्न बाध्य भएका छन् । 

करिब ३० वर्षदेखि उक्त गाउँमा बस्दै आएका राजु परियारको परिवारले नेपाली नागरिकता नहुँदा जग्गा जमिन, खानेपानी, बिजुलीबत्तीको सुविधा पाएको छैन ।

वडाध्यक्ष झक्रु थारुको घर पनि गोरधुइ नै हो । उनी वडाध्यक्ष जितेको यो दोश्रो कार्यकाल हो । तर उनको नजर विपन्न, गरिब जनताहरूप्रति गएन भनेर स्थानीयले गुनासो पोखेका छन् ।

अनागरिक बनेर बस्नु पर्दाको पिडा पोख्दै परियारले आफु राज्यबाट पाउने सम्पुर्ण सेवा सुविधावाट वञ्चित भएको वताउँदै बैंक खाता खोल्न नसकेको वताए ।

गाउँमा कुनै समुह वा अन्य कुनै सरोकार संघसंस्थामा आफुहरु बस्न नपाउँदा बिभिन्न खाले वितरणमुखी कार्यक्रममा समेत आफनो सहभागिता निषेध गरिएको भन्दै परियारले नागरिकताको लागि पहल गरिदिन हारगुहार गरेपनि नागरिकतानै नपाएपछि आफु चिन्तित रहेको वताए ।

प्रतिक्रिया