Listen LIVE

बाँकेमा फरार प्रतिवादी सुनार पक्राउ

नेपालगञ्ज : बाँके प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका नवीन सुनारलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २०८२ मंसिर ३ गते राति करिब पौने १० बजे नेपालग्न्ज उप–महानगरपालिका–१३ का सुरज गिरी लगायत व्यक्तिहरूले धारिलो हतियार (खुकुरी) प्रहार गरी एक व्यक्तिलाई गम्भीर घाइते बनाएका थिए । उक्त घटनामा संलग्नमध्ये फरार रहेका नवीनलाई पक्राउ गरिएको हो ।

बाँके जिल्ला अदालतको आदेशअनुसार पक्राउ पुर्जी जारी भएपछि, प्रहरीको सक्रियतामा नवीनलाई आज बिहान नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रहरी स्रोतका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि अनुसन्धान जारी रहेको छ ।े

प्रतिक्रिया