काठमाण्डौ : टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले उनलाई श्रद्धाञ्जली अर्पण गर्दै उनी भारतीय उद्योगका ‘टाइटन’ हुनुहुन्थ्यो भन्नुुभयो ।
उद्योगपति टाटाको मृत्युको पुष्टि गर्दै रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “रतन टाटाको निधनले दुःखी छु । उहाँ भारतीय उद्योगका ‘टाइटन’ हुनुहुन्थ्यो । हाम्रो अर्थव्यवस्था, व्यापार र उद्योगमा उहाँको महत्वपूर्ण योगदान थियो ।”
रक्षामन्त्री सिंहले लेखेका छन, “उहाँको परिवार, साथीभाइ र प्रशंसकहरूप्रति मेरो गहिरो समवेदना छ । उहाँको आत्माले शान्ति पाओस् ।”
2024-10-10
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार