नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ । ध्रुबतारा एजुकेशन प्रालिसंग सम्झौता गरेर आजदेखि चार महिने तयारी कक्षा सञ्चालन गरिएको हो ।
लोक सेवा आयोगद्वारा सञ्चालन हुने अप्राविधिक सेवातर्फ नायब सुब्बा र खरिदार पदको लिखित परीक्षाको पूर्व तयारी कक्षा सुरु गरिएको सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले बताए । उनका अनुसार चार महिनासम्म दैनिक सवा २ घण्टा कक्षा सञ्चालन हुनेछ । २७ जनाले खरिदार र ४६ जनाले नायब सुब्बाको तयारी कक्षाका लागि आवेदन दिए बमोजिम कक्षा सञ्चालन गरिएको जोशीले जानकारी दिए । सम्बन्धित क्षेत्रका विज्ञहरु समेतले कक्षा लिने गरी ब्यवस्था मिलाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले प्रत्येक बर्ष लोक सेवा तयारी कक्षा सञ्चालन गर्दै आएको छ ।
पूर्व तयारी कक्षा सञ्चालन शुभारम्भ कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, नगर कार्यपालिका सदस्यद्वय बसन्त कुमार कनोजिया र मुजम्मिल हुसेन हलवाई, सामाजिक विकास शाखा प्रमुख जोशी, जिल्ला अदालत बाँकेका शाखा अधिकृत प्रेम रेग्मी लगायतको उपस्थिति थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार