Listen LIVE

छिटो सूचना उपलब्ध गराउने बाँकेका एसपीको प्रतिवद्धता

नेपालगञ्ज : बाँकेका प्रहरी प्रमुख (एसपी) रामप्रसाद घर्तीमगरले पत्रकारलाई छिटो सूचना उपलब्ध गराउन प्रभावकारी भूमिका निभाउने प्रतिवद्धता जनाएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा हालै प्रमुखको जिम्मेवारीमा आएका उनले पत्रकारमाझ यस्तो प्रतिवद्धता जनाएका हुन् । जिप्रका बाँकेमा सोमबार बिहान आयोजित अन्तरक्रियामा एसपी घर्तीले आफु कार्यरत रहँदा प्रहरीको काम कर्तब्यमा दत्तचित्त भएर लाग्ने दृढता ब्यक्त गरे । 

‘शान्ति सुुरक्षा र अम नचयन कायम गर्नमा म दत्तचित्त भएर लाग्नेछु, म बाट राम्रो काम गर्ने प्रयास हुनेछ,’ उनले भने । पत्रकारको जिज्ञासामा पछिल्लो समयमा भारत र पाकिस्तानबीचको बढ्दो तनावपछि नेपाल–भारत सिमा नाकामा निगरानी बढाइएको एसपी घर्तीले जानकारी दिए । अन्तरक्रियामा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकारलाई सही सूचना छिटो, छरितो उपलब्ध गराउन प्रहरी प्रमुख घर्तीको ध्यानाकर्षण गराए । 

सो क्रममा पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतम, पत्रकारहरु सिराज खान, शरण कर्माचार्य, अक्षरी पोखरेल, अर्जुन ओली, कमल डाँगी, विजय मल्ल, कृष्णराज अधिकारी लगायतले सुझाव तथा जिज्ञासा राखेका थिए । 

पत्रकारसँगको अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक(डिएसपी) दिपक पातलीसहित अन्य प्रहरी अधिकृतहरु, बाँकेमा कार्यरत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया