Listen LIVE

कोहलपुरमा सुधारिएको चुलो वितरण

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले आमनागरिकको स्वास्थ्य तथा वातावरणमा पर्ने असरलाई न्यूनीकरण गर्ने उद्देश्यले विद्युतबाट चल्ने सुधारिएको चुलो वितरण गरेको छ ।

कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी र वडा नं. ११ की वडाध्यक्ष कल्पना अधिकारीले सुधारिएको चुलो वितरण गरेकी हुन् ।

पहिलो चरणमा नगरक्षेत्रका अपांगता, जेष्ठ नागरिक, एकल महिला र आर्थिकरुपमा विपन्न परिवारलाई लक्षित गरी चुलो वितरण गरिएको हो ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र कोहलपुर नगरपालिकाको साझेदारीमा १५ वटै वडामा ३०–३० वटा दरले कुल ४५० वटा चुलो वितरण गरिएको छ ।

नगरपालिकाकी उपप्रमुख संगीता सुबेदीका अनुसार यस कार्यक्रमले लक्षित समूहका परिवारका साथै अन्य सदस्यलाई पनि लाभ पुग्नेछ । उनले चुलो प्राप्त गर्ने लाभग्राहीहरूले यसको सही सदुपयोग गर्ने अपेक्षा व्यक्त गर्दै वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रप्रति हार्दिक आभार प्रकट गरिन् ।

प्रतिक्रिया