दाङ : दाङमा बाघको छालासहित ३ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय लमहीले गएराती बाघको छाला सहित ३ जना मानिसलाई पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयको नेतृत्वमा खटिएको प्रहरी टोलीले ९ फिट २ इन्च लम्बाई र ३ फिट २ इन्च चौडाई भएको पाटे बाघको छाला (ओखेटोपहार) बरामद गरेको हो ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका–६ खबरी निवासी वर्ष ४१ का विक्रम बुढा मगर, राजपुर गाउँपालिका –१ गुरुङ खोला निवासी वर्ष ५३ का केशवराज सेन ठकुरी र बर्दियाको बारबर्दिया नगरपालिका –४ पदनाह निवासी वर्ष ३३ का अनिल थारु रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिए ।
पाटे बाघको छालासहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय देउखुरी दाङलाई बुझाइएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार