Listen LIVE

बिपी चोकमा बाँके प्रहरीको क्यूआरभी सेवा

नेपालगञ्ज : सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय, बाँकेले नेपालगञ्ज–१२ स्थित बिपी चोकमा २४ घण्टा सक्रिय रहने क्विक रेस्पोन्स भेइकल (क्युआरभी) सेवा सञ्चालनमा रहेको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चोरी, लुटपाट, झैँ–झगडा, सवारी दुर्घटना तथा अन्य आपराधिक क्रियाकलाप लगायत आकस्मिक घटनाहरूमा तत्काल प्रहरी उपस्थितिको सुनिश्चितताका लागि तत्काल प्रतिकार्य टोली तयारी अवस्थामा २४ सै घण्टा राखिएको छ ।

प्रहरीका अनुसार क्युआरभी टोलीले सार्वजनिक सुरक्षासम्बन्धि सम्भावित जोखिमलाई नियन्त्रण तथा घटनास्थलमा छिटो कारबाही गर्न सहयोग पु¥याउनेछ । साथै, आपराधिक गतिविधि वा शंकास्पद गतिविधिसम्बन्धि कुनै पनि जानकारी प्रदान गर्न  जिल्ला प्रहरी कार्यालय बाँकेले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

बाँके प्रहरीले प्रहरी सहायता तथा सूचना दिनका लागि यी  नम्बरहरुमा सम्पर्क गर्न अनुरोध गरेको छ । प्रहरीले आकस्मिक १०० नम्बर, ९८५८०९१०९० र ९८५८०९०५५५ मा सम्पर्क गर्न सकिने बताएको छ ।

प्रतिक्रिया