Listen LIVE

बाँकेको डुडुवामा करेन्ट लागेर एक जनाको मृत्यु

नेपालगञ्ज : बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–६ लिहारपुरूवा बस्ने ३४ वर्षीय राजाराम धोबीको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरमा सञ्चालन गरेको खुद्रा किराना पसलमा विद्युतको नाङ्गो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया