Listen LIVE

बेपत्ताको युवकको विहानैदेखि खोजी जारी

बर्दिया : बुधबार बेलुकी गुलरिया नगरपालिका–५ बबई (भादा) नदी रामबागमा नुहाउन गएका एक युवक बेपत्ता भएपछि बिहीबार बिहानदेखि सशस्त्र प्रहरी बल, बाँकेबाट आएको गोताखोरले खोजी कार्य जारी गरेको छ ।

बिहान ५ बजे घटनास्थलमा ४ जना गोताखोरसहित नौ जना बेपत्ता युवाको खोजीमा परिचालित भएका छन् ।

बुधबार गुलरिया–५ का सृजन पोखरेल साथीहरुसँग भादा नुहाउन जाँदा बेपत्ता भएको सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले बताए ।

अन्यको शकुशल उद्धार गरिएको थियो । बुधबार साँझसम्म खोजी गर्दा फेला नपरेपछि बाँकेको शम्सेरगञ्जबाट आएका सशस्त्र प्रहरीका गोताखोरले खोजी जारी राखेको उनले बताए ।

प्रतिक्रिया