दाङ : दाङमा दुइदिने थारुज क्याराभान कन्क्लेभ सुरु भएको छ । थारू समुदायका प्रश्न, समस्या, सम्भावनाबारे गहिरो छलफल र समुदायको भविष्यका लागि वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्ने उद्देश्यले कन्क्लेभ आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
वैकल्पिक अनुसन्धान केन्द्र, ख्याल बागल, लौव अग्रासन र बुह्रान इन्कोर्पोरेशनको सहकार्यमा दुइदिने थारुज क्याराभान कन्क्लेभ कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कन्क्लेभको पहिलो दिनमा डा. जर्मन चौधरीले दाङ जिल्लाका स्थानिय सरकारमाः थारुहरुको पहुच एक अध्ययन, पत्रकार सन्तोष दहितले मुक्त कमैया, कम्लहरीको सामाजिक आर्थिक अवस्थाको एक अध्ययन, दिप्ती शिखा चौधरीले थारु महिला उद्यमशिलतामा पहिला, निता चौधरीले नेपालमा थारु महिलाको शसक्तिकरणको स्थिति कार्यपत्र पस्तुत गरेका थिए ।
यसैगरी, रंगकर्मी प्रणव आकाले थारु संस्कृतिमा विस्तार, बाधा चुनौति र अवसर, पत्रकार प्रकाश चौधरीले थारु र जनयुद्ध, अधिवक्ता श्रीराम चौधरीले थारु भाषामा सरकारी कामकाजः अवस्था चुनौति र अवसर विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
यसैगरी, विकास चौधरीले हस्पिटालिटी विजनेशमा थारुहरुको चुनौति र अवसरहरु, कृष्ण चौधरीले बुह्रानः पश्चिम नेपालको आशा र संघर्षको भूमि र अशोक चौधरीले सहकारी लाभको बाँडफाट प्रक्रियामा थारुहरुको सहभागिता विषयमा कार्यपत्र प्रस्तुत गरेको आयोज संस्था वैकल्पिक अनुसन्धान केन्द्रका अध्यक्ष भुवन चौधरीले जानकारी दिए ।
उनका अनुसार कन्क्लेभको दोस्रोदिन घोराहीका नगरप्रमुख नरुलाल चौधरीको स्थानीय विकासमा स्थानिय समुदायको सहभागिता, केबी चौधरीको थारु समुदायमाा शिक्षाको प्रश्न, कुलबहादुर चौधरीले थारु भाषाको शिक्षामा चुनौति र अवसरहरु, भुवन चौधरीको सरकारी बजेट तर्जुमा थारुहरुको सहभागिता, डा. कृष्णराज सर्वहारीको थारु समुदाय र पत्रकारिता, सोगतविर चौधरीको नेपालका भूमिपुत्र थारुहरुको विरासत र वर्तमान अवस्था, छाविलाल कोपिलाको थारु समुदायको सन्दर्भमा साहित्य र विकास, सवि थारुको नेपालका जेनजी पुस्ताको अवसर विषयक कार्यपत्र प्रस्तुत गरिने छ ।
कन्क्लेभमा थारू प्राध्यापक, शिक्षक, अनुसन्धानकर्ता, लेखक, पत्रकारलगायत विभिन्न क्षेत्रमा सक्रिय बौद्धिक व्यक्तिहरूको सहभागिता रहेको छ । आयोजकको अनुसार कार्यक्रममा १०० बढीको सहभागिता रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार