नेपालगञ्ज : बाँकेमा पछिल्लो दुई महिनामा १११ किलो लागुऔषध बरामद भएको छ । लागुऔषधसहित ५४ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेपछि लागुऔषध बरामदका घटना बढेको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले बताए ।
‘यो दुई महिनाको अवधिमा हामीले एक सय ११ किलो लागुऔषध बरामद गर्नुका साथै ५४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छौं,’ एसपी मगरले बताए, ‘पक्राउ पर्नेमा चार महिला र ४८ पुरुष छन् ।’
उनका अनुसार दुई महिनाको अवधिमा ब्राउन सुगर ८८७ ग्राम ३७९ मिलीग्राम, चरेस ३ ग्राम ७६० मिलीग्राम,गाँजा १ सय ११ किलो, कोरेक्स ३०० मिलिलिटर र नाईट्राब्लेट ५ सय ६२ वटा टयाब्लेट लागुऔषध बरामद गरिएको छ ।
2025-07-14
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार