नेपालगञ्ज : सशस्त्र प्रहरीले बाँके र बर्दियाका सीमासँग जोडिएका स्थानीय निकायका वडा अध्यक्षहरूसँग छलफल गरेको छ ।
अध्यक्षहरूसँग सीमा इलाकाहरूमा हुन सक्ने लागुऔषध ओसारपसार, चोरी पैठारी, मानव बेचबिखन, सीमामा हुने अपराधी गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरीले सहकार्यको अपेक्षा राखेको जनाएको छ । छलफलमा साम्प्रदायिक तथा धार्मिक सद्भाव अभिवृद्धि, अवैध हातहतियार ओसारपसार नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपालसँग सीमावासीले राखेको अपेक्षाका विषयमा वडा अध्यक्षहरूले धारणा राखेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलवस्तुको आयोजनामा ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अवधारणा अनुरुप छलफल कार्यक्रम गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सीमा निगरानी तथा सहजिकरण लगायत सशस्त्र प्रहरी नेपाल र स्थानीय तहहरू बीच हुने समन्वय र सहकार्य जस्ता विषयहरूमा छलफलमा सहभागीहरूले धारणा राखे ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेड क्वाटर बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी, नं ३१ गण हेड क्वाटर बर्दियाका गणपति सशस्त्र प्रहरी उपरीक्षक चित्राङ्गत दाहाल, बाँके र बर्दिया जिल्लाका सीमावर्ती वडाका सम्पुर्ण वडा अध्यक्षहरू, लगायत बाँके र बर्दिया जिल्ला स्थित रहेका सम्पुर्ण प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपि, प्रमुखहरूको उपस्थिति रहेको छलफलमा सहभागी डुडुवा–६ का वडाध्यक्ष मोहनराम मिश्रले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार