नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ का वडा सदस्य दिलावर कवडियाको निधन भएको छ । उनको हृदयघतबाट बिहीवार राती २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
कवडियाको निधनको शोकमा नेपालगन्ज उपमहानगरपालिकाले आज सार्वजनिक बिदा दिएको जनाएको छ । नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज उपमहानगरपालिका र २३ वटै वडा कार्यालयहरुमा कवडियाको निधनको शोकमा सार्वजनिक विदा दिइएको बताए । विष्टले कवडियाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
2025-04-04
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार