नेपालगञ्ज : बाँके प्रहरीले पक्राउ पुर्जी जारी भएर फरार रहेका प्रतिवादी पक्राउ अभियानलाई तिब्र पारेको छ। उक्त अभियानमा जिल्ला प्रहरी कार्यालय बाँकेले ६ वटा ज्यान मार्ने उद्योगम मुद्दा र एउटा सार्वजनिक सम्पत्ति तोडफोड मुद्दा दर्ता भइसकेका फरार प्रतिवादी सरोज बिष्टलाई पक्राउ गरेको जनाएको छ।
बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीका अनुसार राप्तीसोनारी गाउँपालिका–२ का सरोजविरुद्द जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालयमा कोहलपुरमा पटकपटक गरि यसअघि ५ वटा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएका छन् । उनले भने–“सरोजविरुद्ध २०८१ चैत १९ गतेको ज्यान मार्ने उद्योग मुद्दामा बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।“ सोही पक्राउ पुर्जीका आधारमा फरार रहदै आएका सरोजलाई नेपालगञ्ज–१२ बाट नियन्त्रणमा लिएर आबश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको एसपी जिसीले बताए।
सरोजसहितका ३ जनाले गत चैत १५ गते ज्यान मार्ने उदेश्यका साथ खुकुरी प्रहार गरेर एक जनालाई गम्भीर घाइते बनाएको एसपी जिसीले जानकारी दिए।
एसपी जिसीका अनुसार सरोजमाथि गत चैतमा भएको मुद्दा दर्ताबाहेक अन्य मितिमा देखिएका ज्यान मार्ने उद्योगमा यी कार्यालयहरुबाट मुद्दा दर्ता भइसकेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार