नेपालगञ्ज : बाँके यूनेस्को क्लबको सहयोगमा मानव बेचबिखनका घटनामा प्रभावकारी प्रतिकार्य सुदृढ गर्ने उद्देश्यले मानवबेचविखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न गरिएको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापुर नगरपालिकासँगको समन्वयमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो बैठक सम्पन्न गरिएको हो ।
बैठक राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा नगर प्रमुख थारुले मानवबेचविखन गम्भीर अपराध भएको जनाउँदै यो नियन्त्रणका लागि पालिकाले हरेक प्रकारको सहयोग गर्ने बताए ।
उनले मानवबेचविखन नियन्त्रण स्थानीय समितिलाई सक्षम र सुदृढ बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरी, नेपाल प्रहरीका प्रतिनिधिहरू, स्थानीय समितिका सदस्यहरू तथा सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण राजापुरस्थित महिला तथा बालबालिका सेवा इकाईकी प्रमुख अनिता चौधरीले गरेकी थिइन् भने फिल्ड सुपरभाइजर प्रमिशा थारुले सहयोग गरेकी थिइन् ।
बैठकमा मानवबेचविखन नियन्त्रण स्थानीय समितिकोे कार्यक्षमता सुदृढ बनाउने, विगतका गतिविधिको समीक्षा गर्ने, डब्लुएलसीसीएचटीको पुनर्गठन गर्ने, उद्धार तथा प्रभावित व्यक्तिहरूको तथ्याङ्क संकलन गर्ने तथा प्रस्तावित नीतिलाई अनुमोदन गर्ने विषयमा छलफल तथा महत्वपूर्ण निर्णयहरू गरिएको जनाइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार