नेपालगञ्ज : बाँकेको कोहलपुर–नेपालगन्ज रोडमा भएको दुर्घटनामा गम्भीर घाइते भएकी २१ वर्षीय मनिषा रोकाको उपचारको क्रममा मृत्यु भएको छ ।
यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिंदा गम्भीर घाइते भएपछि उपचारका लागि भारतको लखनउस्थित देभिना अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा उनको निधन भएको हो ।
असोज २३ गते काठमाडौँबाट नेपालगञ्ज आउँदैगरेको भे.१ ख. ३७०९ नम्बरको बसले भे.१३ प. ६१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । खजुरा गाउँपालिका –२ का २२ वर्षीय तेजविक्रम मल्ल र उनकी पत्नी मनिषा रोका गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सो दुर्घटनामा मल्लको टाउकोमा चोट लागेको थियो भने मनिषा रोकालाई गम्भीर चोट लागेको थियो । उनीहरुलाई उपचारका लागि लखनउ लगिएको थियो, जहाँ मनिषाको निधन भएको छ । मल्लको उपचार जारी रहेको प्रहरीले जनाएको छ । मृतक रोका कोहलपुरस्थित कौसिल्या अस्पतालमा फार्मेसी असिस्टेन्टको रूपमा कार्यरत थिइन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार