बाजुरा : बाजुराको बडिमालिका नगरपालिकामा रहेको बाउली खोलामा शनिबार मृत अवस्थामा एक परुषको शव फेला परेको छ । सो शव बडीमालिका नगरपालिका वडा नं –९ चौराटा बस्ने सूर्य विष्टको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
चौराटाका ४२ वर्षका विष्ट गत तीन दिनदेखि सम्पर्कविहीन भएका थिए । बाउलीको आसपासमा मृत विष्टको जुत्ता र मोबाइल एक दिन पहिला बाउली नजिक फेला परेको थियो ।
आज बिहान उनी पनि त्यसै नजिक मृत अवस्था भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनकबहादुर बोहराले बताए ।
उनले भने, “यहाँका स्थानीयले उहाँको शव नेपाल विद्युत् प्राविधिकरणको बाजुरा वितरण केन्द्रको पावर हाउस नजिकै बाउली खोलामा भेटिएपछि खबर गरेका थिए । सोही खबर अनुसार हामी त्यहाँ जाँदा विष्ट मृत अवस्थामा भेटिएका हुन् ।”
अहिले उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ । उनको आफन्तले हत्याको आशङ्का गरेकाले घटना कसले गरेको हो वा आफैँ लडेर खोलामा परेका हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी बोहराले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार