Listen LIVE

बाँकेमा एक सय बोरा केराउ बरामद

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले १०५ बोरा केराउ (मटर) सहित विभिन्न अवैध सामानहरू बरामद गरेको जनाएको छ ।

बाँके प्रहरीका अनुसार विभिन्न मितिमा अवैधरूपमा भन्सार छली गरी नेपाल ल्याइएका १०५ बोरा केराउ, लत्ता कपडा, जेन्स बेल्ट, अगरबत्ती, माउन्टेन डीउ नामक पेय पदार्थ, मोटरसाइकलको ट्युब, तालाचाबी, स्किन साइन क्रिम र ढिके नुनसमेत बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीले विभिन्न मितिमा जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएका उक्त अवैध सामानहरूलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको जानकारी दिए । उनका अनुसार उक्त सामानहरूको अन्दाजी मूल्य चार लाख एक सय असी रुपैयाँ रहेको छ ।

प्रतिक्रिया