Listen LIVE

‘५औं क्यान इन्फोटेक २०२५’ नेपालगञ्जमा हुने

नेपालगञ्ज : क्यान महासंघ बाँकेको आयोजनामा हुने ५औं क्यान इन्फोटेक २०२५ को एजुकेशन पार्टनरमा नेपालगञ्ज क्याम्पस अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी रहने भएको छ ।

‘५औं क्यान इन्फोटेक २०२५’को एजुकेशन पार्टनरका लागि क्यान बाँके र नेपालगञ्ज क्याम्पस अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी बीच सम्झौता समेत भइसकेको छ ।

नेपालगञ्ज क्याम्पस चिफ निशान शाक्य क्यान महासंघ बाँकेका अध्यक्ष यज्ञराज जोशी बीच क्यान इन्फोटेक २०२५ को सहकार्यका लागि सम्झौता भएको हो ।

जिल्लामा हुने आइटी सम्बन्धी गतिविधि बढाउन र नेपालगञ्ज तथा आसपासको क्षेत्रका डिजिटल प्रवर्धन र प्रविधिको विकासका लागि ५औं क्यान इन्फोटेक २०२५ को सहकार्य होस भन्ने ध्ययले क्यान बाँके र नेपालगञ्ज क्याम्पस अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीको सहकार्य भएको क्यान बाँकेका सचिव रमेश बिसीले जानकारी दिएका छन् ।

आइटी क्षेत्रको बिकासका लागि हाम्रो नेपालगञ्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी क्यान बाँकेसंगको सहकार्यमा क्यान इन्फोटेकमा जोडिएका छौ जसले प्रविधिको बिकासमा थोरै भएपनि योगदान हुनेमा बिश्वस्त रहेको क्याम्पस चिफ निशान शाक्यले बताए ।

नेपालगञ्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले त्रिभुवन विश्व बिद्यालयबाट सम्बन्धन लिएर बिएस्सी सिएसआइटी र बिसिएका कोर्सहरु सञ्चालन गरिरहेको छ । नेपालगञ्जमा हुने प्रादेशिक महोत्सवमा क्यान इन्फोटेक २०२५ को आयोजना हुन लागेको हो ।

प्रतिक्रिया