नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेका नयाँ प्रमुख एसपी राम प्रसाद घर्ती मगरले पदभार ग्रहण गरेका छन् । आज बिहान जिल्ला प्रहरी कार्यालय बाँके आइपुगेका एसपी घर्ती मगरलाई सरुवा भएका एसपी तुल बहादुर कार्कीले स्वागत गरेका थिए ।
स्वागत कार्यक्रम पश्चात एसपी घर्ती मगरले पदभार ग्रहण गरेका हुन् । त्यस्तै बाँकेबाट प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा भएका एसपी कार्कीलाई बाँकेका नयाँ प्रहरी प्रमुख घर्ती मगरले बिदाई गरेका हुन् । एसपी कार्कीलाई व्यवसायिक जीवनको सफलताको शुभकामनासहित मायाको चिनो प्रदान गर्दै बिदाई गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
प्रहरी प्रधान कार्यालयको बैशाख १५ गते गरेको सरुवा अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखमा खटाइएका एसपी घर्ती मगरलाई जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दिपक पातली, इलाका प्रहरी कार्यालय कोहलपुरकी डीएसपी लक्ष्मी खनाल लगायत अन्य प्रहरी अधिकृत एवम् कर्मचारीले स्वागत गरेका थिए ।
स्वागत तथा बिदाई कार्यक्रममा जिल्लाभरका विभिन्न युनिट इन्चार्ज, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी कर्मचारी लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार