Listen LIVE

प्रतिवन्धित औषधिसहित बाँकेमा दुई युवक पक्राउ

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज बजार नजिकबाट प्रहरीले प्रतिवन्धित औषधिसहित दुई युवकलाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले प्रतिवन्धित औषधि ट्रामाडोल र नाईट्रोभ्याटसहित रुकुम पश्चिम् र दाङका युवकलाई पक्राउ गरेको हो ।

प्रतिवन्धित औषधिको खरिद बिक्री भइरहेको विशेष सूचनाका आधारमा गएको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले नेपालगञ्ज–१८ बाट ६०० क्याप्सुल ट्रामाडोल र २० ट्याबलेट नाईट्रोभ्याट र ३ थान मोबाइल सहित रुकुमको पश्चिम मुसीकोट नगरपालिका–१ का १९ वर्षीय ईश्वर परियार र दाङको तुलसीपुर उपमहानगरपालिका– ११ का  १९ वर्षीय महेश बुढाथोकीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

उनीहरुलाई आबश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।

प्रतिक्रिया