नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–६ हुलाकी सडकखण्डस्थित फत्तेपुरको ढलैया जंगलमा गुडिरहेको बसमा एक्कासी आगलागी भएको छ।
नेपालगञ्जदेखि बुटवलतर्फ लैजादै गरिएको प्रदेश ३–०१–००६ ख ९८३ नम्बरको बसआ ढलैया जंगलको सडकमा शुक्रबार राति एक्कासी आगलागी भएर उक्त बसको आधा बढी भाग जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ।
गुडिरहेको बसम आगलागी भएपछि चालक र सहचालकले हामफालेर ज्यान जोगाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
आगलागी भएको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल अपर पोष्ट फत्तेपुरबाट खटिएको टोलीले सशस्त्र प्रहरी बल नं.३० गण बागेश्वरी बाँकेमा जानकारी गराएको आधा घण्टामै नेपालगञ्ज उपमहानगरपालिकाको दमकल आगलागी स्थल पुगेको थियो।
नेपालगञ्जबाट पुगेको दमकल, सशस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीयको सहयोग बसमा लागेको आगो निभाइए पनि बसको आधा बढी भाग जलेको प्रहरीले जानकारी दिएको छ।
बसमा आगलागी हुनुको कारण अझै खुल्न सकेको छैन भने आगलागी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार