Listen LIVE

ब्राउन सुगरसहित बर्दियामा एक जना पक्राउ

बर्दिया : प्रहरीले खैरो धुलो पदार्थ जस्तो देखिने लागुऔषध ब्राउन सुगरसहित एक युवालाई पक्राउ गरेको छ ।

प्रहरीले भारतीय सीमा नाका बलैगाउँ हुँदै बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित पैदल आइरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा २ ग्राम ६ सय मिलिग्राम उक्त पदार्थ फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी ऋषिराम घर्ती मगरका अनुसार बाँकेको कोहलपुर नगरपालिका–२ शक्तिनगरका २९ वर्षीय कर्मजित शाहीलाई उक्त पदार्थसहित पक्राउ गरिएको बताए ।

पक्राउ परेका शाहीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका भइरहेको डीएसपी घर्ती मगरले बताए ।

प्रतिक्रिया